के हो चीनमा भेटिएको नयाँ भाइरस ? कति खतरनाक छ ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

के हो चीनमा भेटिएको नयाँ भाइरस ? कति खतरनाक छ ?



एजेन्सी- चीनमा वैज्ञानिकहरूले महामारीको स्वरूप लिनसक्ने नयाँ फ्लुको कोष पहिचान गरेका छन् ।

प्रारम्भिक जानकारीअनुसार यो कोष सुँगुरमा हुन्छ । तर यसले मानिसलाई पनि संक्रमति गर्न सक्छ । यो भाइरस आप्नो स्वरूप परिवर्तन गरेर एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्ने र महामारीको रूप लिन सक्ने भन्दै शोधाकर्ताहरू चिन्तित छन् ।

उनीहरूले नयाँ भाइरसमा मानिसलाई संक्रमति गर्न सक्ने सबै लक्षण देखिएको पनि बताएका छन् । सोही कारण यो भाइरसलाई निगरानी राख्न जरुरी रहेको शोधकर्ताहरूको भनाइ छ । नयाँ भाइरस भएका कारण मानिसमा यसकाप्रति कम अथवा विल्कुलै रोग प्रतिरोधी क्षमता नहुने पनि उनीहरूले बताएका छन् ।

के हो नयाँ भेटिएको भाइरस ?

वैज्ञानिकहरुले महामारी बन्न सक्ने फ्लु (रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका हुन् । यो हालै मात्र पत्ता लागेको र सुँगुरहरुले यसलाई बोक्ने र मानिसहरुलाई पनि संक्रमित बनाउन सक्ने उनीहरु बताउँछन् ।

यो थप म्युटेसन भएर मानिसदेखि मानिसमा सजिलै सर्न सक्ने र वैश्विक महामारी बन्न सक्ने वैज्ञानिकहरुको चिन्ता छ । यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुणहरु रहेका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको छ । वैज्ञानिकहरूले भनेका छन् ।

प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिहरुले भनेका छन्, यो नयाँ भाइरस हो र यसप्रति मानिसमा निकै कम प्रतिरोधी क्षमता हुन सक्छ । यो भाइरसलाई सुँगुरमा नियन्त्रण गर्ने उपाय तत्काल लागू गर्नुपर्ने र सुँगुरको मासुको उद्योगमा कार्यरत कर्मचारीको नजिकबाट निगरानी गर्नुपर्ने उनीहरु बताउँछन् ।

अहिले कोरोनाभाइरसको महामारीलाई अन्त्य गर्न जुधिरहँदा वैज्ञानिकहरु इन्फ्ल्युएन्जाको नयाँ स्ट्रेन लगायत अन्य सम्भावित रोगहरुका बारेमा पनि अध्ययन गरिरहेका छन् ।

सन् २००९ मा मेक्सिकोबाट सुरु भएको स्वाइन फ्लु पहिले सोचेभन्दा कम खतरनाक रहेको पाइएको थियो । किनभने यसको भाइरस त्यसअघिका फ्लुका भाइरससँग मिल्दोजुल्दो रहेको र धेरै वृद्धवृद्धासँग यसविरुद्ध प्रतिरोधात्मक शक्ति रहेको पाइएको थियो ।

ए/एचवानएनवान पीडीएम०९ नाम दिइएको उक्त भाइरसविरुद्ध खोपलाई अहिले वार्षिकरुपमा दिइने खोपमा समावेश गरिएको छ ।

चीनमा फेला परेको फ्लुको नयाँ स्ट्रेन सन् २००९ को स्वाइन फ्लुसँग् मिल्दो जुल्दो रहेको छ तर यसमा केही फरकपन रहेको छ ।

तत्काललाई यसले ठूलो खतरा प्रस्तुत गरेको छैन तर प्राध्यापक किन चाउ चाङ र उनका समकक्षीहरु यसमाथि नजर राखिराख्नुपर्ने बताउँछन् । अध्ययनकर्ताहरुले उक्त भाइरसलाई जी४ ईए एनवानएनवान नाम दिएका छन् र यो मानिसको श्वासप्रश्वासको नलीको कोषमा बढ्न र वृद्धि हुन सक्छ ।

यो भाइरसले सुँगरको उद्योगमा काम गर्ने केही व्यक्तिलाई संक्रमित गरेको पाइएको छ । अहिलेको फ्लुको खोपले यसविरुद्ध काम नगर्ने देखिन्छ ।

बेलायतको नटिङहाम विश्वविद्यालयमा कार्यरत प्राध्यापक किन चाउ चाङ भन्छन्, ‘हाम्रो ध्यान कोरोनाभाइरसमा छ तर यस्तो बेला अन्य सम्भावित खतरनाक भाइरसलाई नजरअन्दाज गर्न हुँदैन । यो भाइरस अहिले खतरा नभए पनि यसलाई बेवास्ता गर्न हुँदैन ।’