चीनमा फेरी भटिए ७८ नयाँ संक्रमित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चीनमा फेरी भटिए ७८ नयाँ संक्रमित



एजेन्सी- कोरोना भाइरसको केन्द्र रहेको चीनमा ७८ नयाँ सङ्क्रमित देखा परेका छन् । त्यसमध्ये ७४ सङ्क्रमित विदेशबाटै संक्रमण लिएर आएका रहेको अन्तर्राष्ट्रिय सञ्चमरमाध्यमहरुले बताएका छन् ।

यसैबीच स्वास्थ्य अधिकारीहरुले मंगलवार कोरोना भाइरसका कारण ७ अन्य व्यक्तिको मृत्यु भएको छ । मृत्यु पछि चीनमा कोरोनाका कारण मर्नेको संख्या ३ हजार २ सय ८१ पुगेको छ ।

कोरोनाका संक्रमित देखापरेसँगै चीनमा महामारीको खतरा फेरी शुरु हुन थालेको सञ्चारमाध्यमहरुले बताएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलवार साँझ चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेर ३ हजार २ सय ८१ पुगेको र संक्रमितको संख्या ८१ हजार २ सय १८ पुगेको बताएका छन् ।

साथै ४ हजार ७ सय ३५ जना अझै पनि उपचाररत रहेको बताएको छ । साथै उपचार पछि ७३ हजार १ सय ५९ जना घर फर्किएका छन् ।

आयोगका अनुसार मंगलवार चीनमा नयाँ ७८ कोरोना भाइरसका संक्रमितहरु देखा परेका हुन् । चीनमा विदेशबाट कोरोना लिएर आउनेको संख्या ४ सय २७ पुगेको छ ।