के हो चीनमा भेटिएको नयाँ रोग ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

के हो चीनमा भेटिएको नयाँ रोग ?



एजेन्सी । चिनियां अधिकारीहरुले ब्यूबनिक प्लेगका एक बिरामी भेटेको बताएका छन् ।

ती व्यक्ति कसरी संक्रमित भए थाहा हुन भने सकेको छैन । चीनमा ब्यूबनिक प्लेगको संक्रमण हुन नदिन थप सर्तकता अपनाइएको छ ।

मानव इतिहासमा प्लेग एउटा घातक रोगको रूपमा रहेपनि समयमा एन्टीबायोटिकले यसको सजिलै उपचार गर्न सकिने चिनियाँ विशेषज्ञहरुको दावी छ ।

सन् २०१० देखि २०१५ सम्म विश्वभरी यसका ३ हजार २ सय ४८ बिरामी भेटिएकोमा ५ सय ८४ जनाको मृत्यु भएको थियो ।

ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र थकान महशुस हुने यो रोगको लक्षण भएको विशेषज्ञहरुले वताएका छन् ।