सातै प्रदेशलाई चिन जोड्ने तयारी : ९ नाका खुलाउने प्रस्ताव - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सातै प्रदेशलाई चिन जोड्ने तयारी : ९ नाका खुलाउने प्रस्ताव



असोज ३ 

छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ ।

बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनीयाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् ।

भूकम्पले क्षति पुर्याएको तातोपानीसहित उत्तरतर्फका नाका खुलाउने विभिन्न विकल्पका बारेमा बैठकमा विस्तृत छलफल हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले जानकारी दिए ।

उनका अनुसार नेपालको पूर्व पश्चिम सबै क्षेत्रलाई समेट्ने गरी उत्तरतर्फका विभिन्न ९ नाका खुलाउन प्रस्ताव गरेको छ ।