चिनियाँ सेनाले बनायो कोरोनाको भ्याक्सिन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चिनियाँ सेनाले बनायो कोरोनाको भ्याक्सिन



एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड(१९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ ।

७० भन्दा बढी देशमा फैलिएको कोरोनाले विश्वलाई नै आतंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्याक्सिन बनाएको हो ।

चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो ।

शेनको टीमले कोरोनाविरुद्धको खोपको ‘क्लिनकल एप्लीकेशन’ बनाउन सफलता प्राप्त गरेको हो ।

‘यो महामारीको रोकथाम र नियन्त्रण नभएसम्म कोरोनाको संक्रमण रोकिने छैन्,’ शेनले भनिन्, ‘हामीलाई चाहिएको कुरा के हो भने – वैज्ञानिकहरुको एक शक्तिशाली नेतृत्व प्रणाली । ताकि तिनीहरूले विशिष्ट प्रकारका भाइरस र कीटाणुहरूको अध्ययन गर्न र अनुसन्धान गर्न सकून ।’

मेजर जनरल चीनको सबैभन्दा चिनिएको जैव रासायनिक विशेषज्ञ टोली हो । उनीहरुले हुबेई प्रान्तको केन्द्रीय चिनियाँ वुहान सहरमा निमोनियाजस्ता हजारौं मानिसलाई बिरामी पारेको अज्ञात भाइरस बुझ्नको लागि प्रयास गरिरहेका छन् ।

चीनको मिलिट्री मेडिकल साइन्स एकेडेमीलाई खतरनाक भाइरसविरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता मिलेको उदाहरण छ ।

यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन् । चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आतंक अन्त्य हुनेछ ।