खतरनाक हतियारसहित चीनले गर्‍यो शक्ति प्रदर्शन (फोटोफिचर) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

खतरनाक हतियारसहित चीनले गर्‍यो शक्ति प्रदर्शन (फोटोफिचर)



एजेन्सी । जनवादी गणतन्त्र चीनले शक्ति प्रदर्शन गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी गणतन्त्र चीन स्थापना भएको ७० वर्ष पुगेको अवसरमा शक्ति प्रदर्शन गरिएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन नेता माओत्सेतुङले १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए । त्यसअघि रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्ट शक्ति विजयी भएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सात दशक यता चीनले विकासमा अभूतपूर्व प्रगति गरेको छ । विश्वकै शक्ति समीकरणमा महत्वपूर्ण स्थान ओगटेको चीनले आर्थिक विकासमा लामो फड्को मारेको छ ।

कम्युनिस्ट शासनको ७० औं वार्षिकोत्सवका अवसरमा चिनियाँ सेनाले विशाल परेड आयोजना गरेको छ । सेनाले परमाणु युद्धमा घातक मानिने अत्याधुनिक हतियारसमेत प्रदर्शन गरेको छ ।

चीनसँग रहेको घातक हतियारमध्ये ‘डिएफ–४१’ एक हो । यसले अधिक दुरीमा सटिक निशाना लगाउन सक्ने जनाइएको छ । अधिकारीहरुका अनुसार यो क्षेप्यास्त्रले अमेरिकालाई सजिलै निशाना बनाउन सक्छ ।

प्रायः आफ्ना हतियारबारे खुलेर चर्चा नगर्ने चीनले यसपटक नयाँ परमाणु हतियार तथा हाइपरसोनिक क्षेप्यास्त्रसमेत प्रदर्शन गरेको छ ।

फोटोफिचर