चीनमा पाँच दिनमै १० करोडलाई खोप: खोप लगाउने एक अर्ब पुगे - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चीनमा पाँच दिनमै १० करोडलाई खोप: खोप लगाउने एक अर्ब पुगे



एजेन्सी- चीनले कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब भन्दा बढि मात्रा लगाइसकेको सरकारी अधिकारीले बताएका छन् ।

विश्वमा सबैभन्दा धेरै व्यक्तिलाई खोप लगाउने देश चीनले लगाएको खोपको मात्रा विश्वभर लगाइएका खोपको एक तिहाई भन्दा बढि हो ।

चीनमा खोप अभियान निकै चाँडो सुरु भएको थियो, त्यसको गति तीव्र भने हुन सकेको थिए । तर कोरोना भाइरसको डेल्टा भेरियन्ट (पहिलोपटक भारतमा देखिएको भेरियन्ट, जुन अति संक्रामक छ) को जोखिम बढेसँगै खोप अभियानले पनि तीव्रता पाएको छ ।

चिनियाँ अधिकारीहरुले देशका एक अर्ब ४० करोड भन्दा बढि जनसंख्या मध्ये आउँदो जुलाईसम्म ४० प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइसक्ने लक्ष्य लिएका छन् ।

चीनमा स्थानीय रुपमै विकास गरिएको सिनोफार्म र सिनोभ्याक खोप लगाइएको छ । दुवै खोपको दुई मात्रा लगाउनु पर्छ ।

डेल्टा भेरियन्टको जोखिम आउनु पूर्व धेरै चिनियाँले खोप लगाउन आनाकानी गरेका थिए ।

तर संक्रामक डेल्टा भेरियन्टको जोखिम बढेसँगै खोप लगाउनेहरुको संख्या पनि बढेको हो । मात्रै पाँच दिनमा पछिल्लो १० करोड मात्रा खोप लगाइएको चीनको नेशनल हेल्थ कमिसनले जनाएको छ ।