भारत सरकारले टिकटकसहित ५ दर्जन चिनियाँ एपमा प्रतिबन्ध लगायो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारत सरकारले टिकटकसहित ५ दर्जन चिनियाँ एपमा प्रतिबन्ध लगायो



काठमाडौं- भारत सरकारले टिकटकसहित ५९ वटा चिनियाँ एप प्रतिबन्ध लगाएको छ । समा विवादसंगै भारतमा बढिरहेको चीनबिरोधि अभियानमा सरकारले नै निर्णय गरेको छ।

चिनिया चर्चीत एपहरूमा प्रतिबन्ध लगाइएको छ । जसमा सेयरइट, यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप छन्।

ती एप ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध घोषणा गरेको हो। टिकटिक भारतमा अत्यन्त लोकप्रिय एप हो। टिकटकका २ अर्ब प्रयोगकर्तामध्ये ६० करोड भारतमा छन्।

जुन १५ मा लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसयता भारत र चीनबीच तनाव बढेको छ। भारतमा चिनियाँ सामान बहिष्कार गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ।

प्रतिबन्धित एपहरु: