कोरोना भाइरसबारे चिनियाँ वैज्ञानिकले १७ वर्ष अगाडि नै गरेका थिए यस्तो भविष्यवाणी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कोरोना भाइरसबारे चिनियाँ वैज्ञानिकले १७ वर्ष अगाडि नै गरेका थिए यस्तो भविष्यवाणी



एजेन्सी । कोरोनाभाइरसका कारण हालसम्म ८० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै ३००० जनामा देखिएको छ भने ४६१ जना गम्भिर अवस्थामा रहेका छन् ।

कोरोना भाइरसलाई लिएर चीन एक वैज्ञानिकले १७ वर्ष अगाडि नै भविष्यवाणी गरेका थिए । उनले यो भाइरस तीव्र गतिमा फैलिने र नियन्त्रण गर्न कठिन हुने बताएका थिए ।

उनले भनेका थिए,‘यो भाइरस सार्सभन्दा १० गुणा खतरनाक रहेको छ ।’ हालसम्म यो भाइरस १४ देशमा देखिइसकेको छ । नयाँ मामिला अनुसार क्यानडा, भारत, फ्रान्स, नेपाल र अष्ट्रेलियामा यो भाइरसलाई नियन्त्रणमा लिन प्रयास भइराखेको छ ।

चिनियाँ वैज्ञानिक डा. गुआनले सार्सको औषधि निर्माण र रोग रोकथामका लागि मदत गरेका थिए । सन् २००३ मा सार्सका कारण चीनमा भयावह स्थिति देखिएको थियो । उनले भनेका थिए,‘केही वर्षपछि कोरोनाभाइरसले हमला गर्नेछ । यो सार्सभन्दा १० गुणा बढी खतरनाक हुनेछ ।

यो भाइरस पछिल्लो समय अनियन्त्रियत भएको विज्ञहरुले बताएका छन् । उनले भनेका छन्, ‘सन् २००३ मा नै यसबारे चीनले ध्यान दिनुपर्ने थियो । त्यतिबेला गरिएको बेवास्थाका कारण हाल ठुलो मुल्य चुकाउनु पर्ने स्थिति आएको छ । चीनले यो भाइरस नियन्त्रणका लागि गोल्डेन मौका गुमाएको छ । चीनमात्रै नभई पुरै विश्वले कोरोना भाइरस रोक्न फलामको चना चपाउनु पर्ने स्थिति आएको छ ।’

‘सार्सलाई लिएर यति धेरै डराउनु पर्ने स्थिति रहेको थिएन । तर, यो पटक भने भयावह स्थिति देखिएको छ ।’ उनले भने ।

उनी बुहान पनि पुगेका थिए । कोरोनाभाइरस नियन्त्रणका लागि गएको तर, स्थिति अति नै खराब भएको भन्दै सहर नै छोड्नु परेको उनले बताएका छन् ।

उनका अनुसार पुरै बुहान सहरभरी सन्त्रास मात्र रहेको छ । शहरमा कफ्र्यु लागेको जस्तो अवस्था देखिएको उनले बताएका छन् । कोरोना भाइरस हालसम्म कतिजनामा फैलिएको छ त्यसको यकिन तथ्याङ्क हालसम्म कसैसँग पनि नभएको उनले दाबी गरेका छन् ।