चिनियाँ नेता नेपालबाट हिँडेलगत्तै प्रचण्ड किन जाँदैछन् भारत ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चिनियाँ नेता नेपालबाट हिँडेलगत्तै प्रचण्ड किन जाँदैछन् भारत ?



चिनियाँ नेताहरू फर्केलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन् । उनी भोलि भारत भ्रमणमा जान लागेका हुन् ।

एक राजनीतिक कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन प्रचण्ड भारत जान लागेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।

भोलि भारत जान लागेका पूर्वप्रधानमन्त्री प्रचण्ड १ साउनमा स्वदेश फर्कनेछन् । भारतमा रहँदा उनको कार्यतालिकाबारे स्पष्ट जानकारी भने दिइएको छैन ।

हालै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियाञ्जाओको टोलीले नेपाल भ्रमण गरेको थियो । लिउले प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । लिउसँगको भेट लगत्तै प्रचण्ड दक्षिणको छिमेकी भारतको भ्रमणमा जान लागेका हुन् ।

अहिले प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि दिल्लीमा छिन् । यस्तो अवस्थामा हुने प्रचण्डको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।