चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न हामी आतुर छौँ : प्र म देउवा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न हामी आतुर छौँ : प्र म देउवा



 

३२ साउन, काठमाडौँ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।
३ दिनदेखि नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको भेटमा कुरा गर्दै उनले आतुर रहेको जनाएका हुन् । जवाफमा चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति चाँडै नेपाल आउने र भ्रमणको मिति कूटनीतिक स्तरबाट तय हुने जवाफ दिएका छन् ।