चिनियाँ राष्ट्रपतिले थाले भारत भ्रमणको तयारी: के छ योजना ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

चिनियाँ राष्ट्रपतिले थाले भारत भ्रमणको तयारी: के छ योजना ?



एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतको भ्रमण गर्ने भएका छन् । भारतमा हुने ब्रिक्स स्म्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी भारत आउन लागेका हुन् । ब्रिक्समा ब्राजिल, रसिया, भारत, चीन, दक्षिण अफ्रिका सम्मिलित छन् ।

दुईदेशबीच सीमा विवाद चर्किरहेका बेला राष्ट्रपति सीको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार ब्रिक्स बैठकलाई समर्थन गर्दै दुईदेशबीचको सीमा विवादले यसलाई असर नपर्ने स्पष्ट पारेको छ ।

‘हामी भारतलाई यस बर्षको बैठक आयोजना गर्न समर्थन गर्दछौं’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वीले भने, ‘हामी भारत र अन्य सदस्यहरूसँग सञ्चार र संवादलाई सुदृढ पार्नका लागि काम गर्नेछौं र तीन स्तम्भ – आर्थिक सहयोग, राजनीतिक र सुरक्षा सहयोग, र जनता–जनता र सांस्कृतिक आदानप्रदानको सन्दर्भमा सहयोग गर्नेछौं ।’

उनले गत वर्षहरूमा ब्रिक्सले अझ बढी ऐक्यबद्धता, गहिरो व्यावहारिक सहयोग र बढी प्रभाव पारेको बताएका छन् । प्रवक्ता वाङले अन्तर्राष्ट्रिय मामिलामा यो अहिले एक सकारात्मक, स्थिर र रचनात्मक शक्ति भएको बताएका छन् ।

‘चीनले यस संयन्त्रलाई महत्त्व दिईरहेको छ । हामी एकता र सहयोगलाई सुदृढ पार्न यस भित्र रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन प्रतिबद्ध छौं’, उनले भने ।

बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति सीबीच सीमा विवादलगायतका विषयमा छलफल हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।