चीनमा चिनियाँ कम्युनिष्ट पार्टीको बैठक, सुरक्षा काठमाडौंसम्म ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

चीनमा चिनियाँ कम्युनिष्ट पार्टीको बैठक, सुरक्षा काठमाडौंसम्म !



काठमाडौं-

चिनियाँ कम्युनिष्ट पार्टीको १९ ओं नेशनल कंग्रेस बैठक बुधबारदेखि सुरु हुँदैछ ।

बेइजिङमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको बैठकको सुरक्षा प्रवन्धन भने काठमाडौंसम्म जोडिएको छ ।

नेशनल कंग्रेसको बैठक नजिकिँदै गर्दा काठमाडौंमा चीनविरोधी गतिविधिको तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले सतर्कता बढाएको छ ।

बैठकलाई विश्वले नै चासोका साथ हेरिरहेका बेला तिब्बती शरणार्थीले चीनलाई दबाब दिने गतिविधि काठमाडौंमा गर्ने तयारी गरिरहेको सूचना नेपाल प्रहरीले पाएको छ ।

यही बेला आत्मदाह गर्दा चीनलाई दबाब दिन सकिने भन्दै केही तिब्बती शरणार्थीलाई काठमाडौंमा आत्मदाह गराउन खोजिएको सूचना प्रहरीले पाएको छ ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।