चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाख राहत प्रदान - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाख राहत प्रदान



मंसिर १२, अछाम । चितुवाको आक्रमणबाट मृत्यु भएका मेल्लेख गाउँपालिका– ८ का १५ वर्षीय पवन भुलको परिवारलाई जिल्ला वन कार्यालयले रु १० लाख राहत प्रदान गरेको छ ।

उनको मृत्यु भएपछि जिल्ला वन कार्यालयले सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय धनगढी कैलालीमा राहतका लागि सिफारिस गरेको थियो । उक्त सिफारिसअनुसार क्षेत्रीय वन निर्देशनालयले जिल्ला वन कार्यालयलाई सो राहत रकम उपलब्ध गराउन निर्देशन दिएको थियो ।

राति घरमा सुतिरहेको अवस्थामा भुललाई चितुवाले आक्रमण गरेको थियो । मृतक पवनका बुबा गोपाल भुललाई राहत रकम हस्तान्तरण गरिएको जिल्ला वन अधिकृत सुरेन्द्रकुमार श्रेष्ठले बताए ।