चितवन : तीन दर्जन बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश « Himal Post | Online News Revolution
Logo

चितवन : तीन दर्जन बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश



काठमाडौं ।

चितवनको राजनीतिको देशैभर चर्चा चलिरहँदा एमालेका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन्  ।

एमाले नेता सुरेन्द्र पाण्डेका ३५ जना कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । बुधबार चितवन जिल्ला खैरहनी नगरपालिका वाड नम्बर ८ मगनीमा भएको एक कार्यक्रमकाबीच सो संख्यामा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उमेदवार राजेन्द्रप्रसाद वुर्लाकोटी एबं प्रदेश क का उम्मेदवार धनबहादुर गुरुङको उपस्थितिमा आयोजित सो कार्यक्रमका बीच एमालेका ३५ कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु धनेश्वर चौधरी र मनोहर मैनालीको नेतृत्वमा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।