चोलेन्द्रको चेतावनी- अब हुने दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छ - Himal Post Himal Post
  • १५ आश्विन २०७९, शनिबार
  •      Sat Oct 1 2022

चोलेन्द्रको चेतावनी- अब हुने दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छ



काठमाडौं- सर्वोच्च अदालत छिर्न खोजेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारलाई चेतावनी दिएका छन् । आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने भन्दै चोलेन्द्रले चेतावनी दिएका हुन् ।

सरकारले उनको क्वाटर अगाडी प्रहरी बाक्लो संख्यामा प्रहरी खटाएको छ । तर आफूलाई सर्वोच्च छिर्न नदिने योजना बनाएर सरकार अराजकता तर्फ गएको टिप्पणी उनले गरेका छन् ।

जबराले आफू सर्वोच्च अदालत फर्किने सन्देश पठाएसँगै सर्वोच्च परिसरमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । नेपाल बार एशोसिएसनले जबरालाई सर्वोच्च छिर्न नदिने बताएको छ ।

प्रधानन्याधीशलाई भिडले छिर्न नदिने हो भने यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । यस्तो अराजकताले निम्त्याउने दुर्घटनाको जिम्मा सरकारले लिनुपर्ने उनले बताएका छन् ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले ९ वटा कारण देखाउँदै निलम्बित प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको प्रस्ताव पुष्टि हुने निष्कर्ष निकालेको छ ।

तर, जबरा भने संसदको कार्यकाल सकिएसँगै आफ्नो महाअभियोग पनि निष्क्रिय भएको दाबी गर्छन् । आफू बस्ने क्वाटरमै प्रहरी खटाएर सरकारले ज्यादती गरेको टिप्पणी उनले गरे ।