राष्ट्रपति कार्यालयले पनि सच्चायो निर्णय, चोलेन्द्र 'आउट' दिपक 'इन्' - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

राष्ट्रपति कार्यालयले पनि सच्चायो निर्णय, चोलेन्द्र ‘आउट’ दिपक ‘इन्’



काठमाडौं- चर्को विरोधपछि राष्ट्रपति कार्यालयले आफ्नो निर्णय सच्चाएको छ । संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा चोलेन्द्रलाई नबोलाइने भएको छ ।

यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सहभागिता रहनेगरी बोलाइएको थियो चर्को विवाद भएपछि अन्तिम समयमा उनलाई नबोलाउने निर्णय गरिएको छ । चोलेन्द्रले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफ्नो निलम्बन स्वतः फुकुवा भएको दाबी गरेका बेला उनले राष्ट्रपति कार्यालयमा पनि त्यो हैसियत नपाउने भएका छन् ।

राष्ट्रपति कार्यालयले भने उनलाई प्रधानन्यायाधीश को हैसियत नदिएर कामु प्रधानन्यायाधीश दीपक कार्कीलाई कार्यक्रमका लागि आमन्त्रण गरेको बताइएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले संविधान दिवसको कार्यक्रममा कामु प्रधानन्यायाधीश दीपक कार्कीलाई निम्तो गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि दायर भएको महाअभियोग निस्क्रिय भएको निष्कर्षसहित राणा हिजो सर्वोच्च फर्किने तयारी गरेका थिए । तर, सरकारले उनलाई निवासबाट निस्किन नपाउने गरी सुरक्षा निकाय लगाएर निवासमै घेराउ गरेर बाहिर निस्किन दिएन ।

सरकारले उनको पीएसओ र गाडी खोसिसकेको छ । निलम्बित प्रधानन्यायाधीश राणा अहिले बालुवाटारस्थित सरकारी निवासमा नै छन् ।