चोरको हल्लाले गाँउमा त्रास ,रातभर गस्ती गर्दै स्थानीय - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चोरको हल्लाले गाँउमा त्रास ,रातभर गस्ती गर्दै स्थानीय



देबेन्द्र केसी / पुस २२

हातहतियार सहित चोरहरु गाँउ पसेको हल्ला सुनेपछि भुर्तुड्ग गाविस , कराड्गतुड्गका स्थानीयहरू त्रसित बनेका छन् । गाँउलेहरुले पालैपालो गरेर मुख्य बाटो र टोलहरुमा गस्ती गरिरहेका छन् । कराड्गतुड्ग पोखरी डाँडा निवासी जित बहादुर क्षेत्रीले भरुवा बन्दुक र खुकुरी लिएका तिनजना मुख छोपेका चोरहरु भवराँको चौरमा देखेको सूचना दिएपछि गाँउमा त्रास बढेको हो ।

गाँउलेहरुले संयुक्त गश्ती गर्न छापचौर स्थित प्रशासन लाई खबर गरेपनि प्रहरी आज अपराह्न मात्र गाँउ पुगेको थियो । “हाम्रो टोली दिनभरि स्थानीय को साथ मा पलुवा , भवँरा , पोखरीडाँडा , केराउछरे , फल्लाट र कराड्गतुड्ग पुग्यो तर त्यस्तो गतिविधि कतै देखिएन बरु बाघको त्रास र बिगबिगी देखियो । सर्वसाधारणलाई निर्धक्क रहन र आवश्यक परे प्रशासन लाई खबर गर्न लगाएर हामी फर्कियौ ” भुर्तुड्ग प्रहरीका ईन्चार्ज असई भेषराज यादवले भने । “हामी हरू टोली बनाएर कराड्गतुड्ग स्कुल , कमेरापानी र करानथाना मा टोली बनाएर गस्ती गरिरहेका छौ । प्रशासन ले केही परेमा बोलाउन भनेको छ “कराड्गतुड्ग का प्रदिप केसी ले भने ।सबै भन्दा त्रास बुढाबुढी र आईमाईमा रहेको छ । चोरको डरले स्थानीय जङ्गल पनि जान छोडेका छन् ।

संदिग्ध रुपमा महिलाको शव फेला , बाघले खाएको आशंका

जंगलमा घाँस काट्न गएकी कराड्गतुड्गकि महिला पुर्णकला क्षेत्रीको शव फल्लाटको जंगलमा भेटिएपछि त्रास एकाएक बढेको हो । कर्ण बहादुर क्षेत्रीकि श्रीमती पुर्णकलाको शव घाँटी फोरिएको अवस्था मा यहि पौष १८ गते साँझ फल्लाटको जंगलमा फेला परेको थियो । शवको प्रकृति हेर्दा बाघले झम्टिएर घाँटी फोरेर मारेको हो । यो घटनामा कुनै मानवीय संलिप्तता छैन । भुर्तुड्ग सम्पर्कका ईन्चार्ज यादवले भने ।

मान्छे नै आक्रमण गर्ने नरभक्षी बाघलाई पक्रेर नलगे सम्म हामी ढुक्क हुन सकिन्न । त्यो बाघलाई पक्रन प्रशासनले तदारुपता देखाउनु पर्छ । स्थानीय सुर्य बहादुर क्षेत्रीले भन्नुभयो । “बाघ कराउने बाख्रा हराउने” भने झै एकातिर जंगलमा महिलाको लास भेटिनु र गाँउमा दिन दहाडै हतियार बोकेका मान्छे देखा पर्नाले स्थानीयमा त्रास रहेको छ । यो बिषयमा प्रशासन पनि चनाखो हुन जरुरी छ ।