बुबा र आमापछि छोरासँग प्रतिस्पर्धा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बुबा र आमापछि छोरासँग प्रतिस्पर्धा



काठमाडौं-

सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा २०४८ र ०५६ मा कांग्रेस नेता पद्मनारायण चौधरीसँग प्रतिस्पर्धा गरेका लगनलाल चौधरी आसन्न प्रदेशसभा निर्वाचनमा उनका छोरासँग प्रतिस्पर्धामा उत्रेपछि चुनाव रोचक बनेको छ ।

लगनलाल राप्रपाबाट हालै सम्पन्न स्थानीय तहको चुनावमा लहान नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए ।

अहिले उनी एमालेमा प्रवेश गरी वाम गठबन्धनको तर्फबाट प्रदेशसभा क को उम्मेदवार बनेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनका भतिजा पूर्वमन्त्री पद्मनारायण चौधरीका छोरा सन्तोष चौधरी प्रदेशसभा १ क बाटै काग्रेसको तर्फबाट उम्मेदवार बनेपछि चुनाव रोचक बनेको हो ।

यस्तै, दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ३ बाट कांग्रेस नेतृ सीतादेवी यादवसँग एमाले नेता प्रमोद यादवले प्रतिस्पर्धा गरेका थिए ।

प्रदेशसभा निर्वाचनमा ३ ख बाट पूर्वमन्त्रीसमेत रेहकी सीतादेवी यादवका छोरा सुभासले उम्मेदवारी दिएका छन् भने, एमालेबाट प्रमोद यादव उम्मेदवार बनेका छन् ।

विगतमा सीतादेवीसँग प्रतिस्पर्धा गरेका प्रमोद अहिले प्रदेशसभामा उनैका छोरासँग प्रतिस्पर्धा गर्नुले पनि चुनाव रोचक बन्न पुगेको छ ।