दुर्गेश थापा, सुष्मा कार्की र गोविन्द भट्टराईको ‘छोटो कपाल’ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दुर्गेश थापा, सुष्मा कार्की र गोविन्द भट्टराईको ‘छोटो कपाल’ सार्वजनिक (भिडियो सहित)



कैलाली । नेपाली कला संस्कृतीको संरक्षण र प्रवर्द्धन गर्दै आईरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्ष तथा मोडल गोविन्द भट्टराईद्वारा अभिनित ‘छोटो कपाल’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ईनाक्षी इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत सोमबार उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

लोकदोहोरी भाकामा सजिएको यस म्युजिक भिडियोमा मोडल भट्टराईसंगै मुख्य भुमिकामा गायक तथा मोडल दुर्गेश थापा र सुष्मा कार्कीको अभिनय देख्न सकिन्छ ।

दुईदिन अधि टिकटकमा सार्वजनिक भएको यस गीतको अडियो निकै रुचाईएको छ । टिकटक प्रयोगकर्ताहरुले यस गीतमा धमाधम भिडियो समेत बनाईरहेका छन् । युट्युवमा म्युजिक भिडियोको प्रतीक्षा गरिरहेका नेपाली संगीत प्रेमीहरुको प्रतीक्षाको घडी अब सकिएको छ ।

चर्चित गायिका बिष्णु माझी र तेजश रेग्मीको सुमधुर स्वरमा रेकर्ड भएको यस गीतको संगीत गायक स्वयं तेजश रेग्मीले नै गरेका हुन् भने आशिष अभिरलले एरेन्ज भरेका हुन् ।

निर्देशक शिव विकद्बारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने विश्व केशीले निर्माण गरेका हुन् ।

हेर्नुहोस भिडियो :