सार्वजनिक भएको २४ घण्टामै ट्रेन्डिङ्गमा पर्‍यो ‘छोटो कपाल’ (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सार्वजनिक भएको २४ घण्टामै ट्रेन्डिङ्गमा पर्‍यो ‘छोटो कपाल’ (भिडियो सहित)



काठमाडौं । गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वरमा सजिएको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक भएको २४ घण्टा भित्रमै युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ ।

तेजश रेग्मी कै शब्द संगीत तथा आशिष अभिरलको संगीत रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब मार्फत सोमबार सार्वजनिक गरिएको थियो ।

गीत युट्युबमा सार्वजनिक हुनु पुर्व नै टिक टकमा अडियो सार्वजनिक गरेपछी टिकटक प्रयोगकर्ता माझ समेत निकै चर्चित बनेको थियो ।

नायिका शुस्मा कार्की र पछील्लो समयमा गायन तथा मोडलिङमा चर्चा कमाइरहेका मोडल तथा गायक दुर्गेश थापाको साथमा गोबिन्द भट्टराईको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई निर्देशक शिव बिकले निर्देशन गरेका हुन् ।

मौलिक गीत र त्यसमाथि मौलिक शब्द समावेस भएकोले पनि धेरै दर्शकहरुले गीत मन पराएका छन । गीत आँफैमा सुमधुर र त्यसमाथि भिडियो पनि झन उत्कृष्ट बनेकोले दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको मोडेल गोबिन्द भट्टराईले हिमाल पोस्टलाई जानकारी दिए । म्युजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने प्रबिण भट्टले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस :