गूगल क्रोम बन्द हुने हल्ला के हो ? यस्तो छ वास्तविकता - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

गूगल क्रोम बन्द हुने हल्ला के हो ? यस्तो छ वास्तविकता



काठमाडौं- सबैभन्दा लोकप्रिय ब्राउजर गुगल क्रोम बन्द हुने चर्चा चलेपछि धेरैलाई यसबारे जिज्ञासा पलाएको छ । सबैभन्दा लोकप्रिय वेब ब्राउजर त्यसमाथि गुगलको सबैभन्दा धेरै प्रयोग गरिने प्रडक्ट ।

बजारमा आएको पुरै हल्ला सत्य नभए
पनि क्रोम कतिपय प्रयोगकर्ताले भने अब चलाउन पाउने छैनन्। गुगलले आगामी वर्षको सुरुवातमा लाखौं विन्डोज प्रयोगकर्ताका लागि क्रोम बन्द गर्ने घोषणा गरेको हो ।

हालै गूगलले एक ब्लगपोस्ट सार्वजनिक गर्दै यसबारे जानकारी दिएकाे छ । गूगलले बताए अनुसार विन्डोजको १३ प्रतिशत प्रयोगकर्ताले अब क्रोम चलाउन पाउने छैनन्।

गूगलले भनेको छ, “हामी विन्डोज ७, विन्डोज ८ र विन्डोज ८.१ का लागि क्रोम सपोर्ट बन्द गर्ने निर्णय गरेका छौँ । फेब्रुअरी सातमा सार्वजनिक हुने क्रोम ११० यी भर्सनका विन्डोजमा सपोर्ट हुने अन्तिम क्रोम भर्सन हुनेछ । क्रोम सपोर्ट हुनका लागि तपाईँको डिभाइस विन्डोज १० वा त्यसपछिका अपरेटिङ सिस्टममा आधारित हुनुपर्नेछ ।”

विन्डोज ७, ८ वा ८.१ अपरेटिङ सिस्टम प्रयोग गरिरहेका प्रयोगकर्ताले क्रोम ११० भन्दा पछिको अपडेट पाउने छैनन् । नयाँ अपडेटसहितको क्रोम प्रयोग गर्न प्रयोगकर्ता नयाँ अपरेटिङ सिस्टममा शिफ्ट हुनुपर्नेछ ।

माइक्रोसफ्टले विन्डोज ७ का लागि सेक्युरिटी अपेडट सपोर्ट बन्द गर्न निर्णय गरेसँगै गुगलले पनि ती अपरेटिङ सिस्टमका लागि क्रोम सपोर्ट बन्द गर्ने निर्णय गरेको हो ।

विन्डोजका १३ प्रतिशत प्रयोगकर्ताले अझै पनि विन्डोज ७, ८ र ८.१ भर्सनका विन्डोज प्रयोग गरिरहेका छन् ।

यसबाट लाखौँ प्रयोगकर्ता प्रभावित हुने देखिन्छ ।