१४ जना ग्यास बिक्रेतालाई बुटवलबाट पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

१४ जना ग्यास बिक्रेतालाई बुटवलबाट पक्राउ



तिलोत्तमा (रुपन्देही),  माघ ५ गते । ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास बिक्रेतालाई बुटवलबाट हिजो साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समयदेखि ग्यास बिक्रेताले कमिसन वृद्धिको माग गर्दै आएका बेला ग्यास उद्योग सिलिन्डर बिक्री गर्न हिडेको बुटवल ग्यास उद्योगको गाडीलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द्र मरासेनीले ग्यास विकेता सङ्घका केन्द्रीय सदस्य कमल पौड्याल, जिल्ला सदस्य टङ्क पाण्डेलगायतका १४ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।

कमिसन घटाएको भन्दै पुस २० गतेदेखि ग्यास बिक्रेताले ग्यास बेचेका छैनन् । उनीहरुले आन्दोलनका बेलामा ग्यास अन्यत्र पठाउन लागेको भन्दै गाडी नियन्त्रणमा लिन खोजेको प्रहरीले जनाएको छ । रासस