चुनाव प्रचार गर्न नपाइने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चुनाव प्रचार गर्न नपाइने



 

काठमाडौं :

संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ । प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन दलका शीर्ष नेता तथा उम्मेदवारले ठाउँ-ठाउँमा खटिने योजना बनाएका छन् ।

निर्वाचन ऐनअनुसार मतदानको ४८ घन्टा अघिबाट मौन अवधि सुरु हुन्छ । नरेन्द्र साउदले आजको अन्नपूर्ण पोस्टमा लेखेका छन् ।

आयोग प्रवक्ता नवराज ढकालले बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिँदै यस अवधिमा दल, उम्मेदवार, नागरिक समाज तथा सञ्चारमाध्यमले चुनाव प्रचार-प्रसार गर्न नपाइने बताए ।

मंसिर २१ मा ४५ जिल्लामा हुने दोस्रो चरण चुनावको प्रचार-प्रसार गर्न भने दलहरूलाई छुट छ। आयोग प्रवक्ता ढकालले पहिलो चरणको निर्वाचनमा सहभागी हुने मतदातालाई प्रभावित हुने गरी दोस्रो चरणको प्रचार नगर्न भने सचेत गराएको छ ।