चुनाव आयो आमा-कविता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चुनाव आयो आमा-कविता



तिलक सुबेदी 

तिमीलाई थाहा होला
हाम्रो समाजमा कस्ता कस्ता
मान्छे बस्छन भनेर
बसौ सम्म हामीले उनीहरूलाई
सम्मान गरेका छौ , माया गरेका छौ
हिजो हाम्रा भन्नेहरु आज खुलेआम
पर्तिपक्ष सँग गाला जुदाएर हिड्डी रहेका छन्
हो ,चिन्ने बेला यही हो आमा
खबरदारी गर्नु भोट मग्न आउनेहरुलाइ
अनि भन्दिनु के गरेका छौ तिमीले ??
खोइ हाम्रो लागि के गर्‍यौ ??
यो समाजको लागि ?
कहाँ बेरोजगारी रोजगारी दियौ ?
यस्तै हजारौँ प्रश्न गर्नु आमा
के भन्दा रहेछन् ती नेता
भन्ने समाजका बुद्धिजीवीहरू
अ फेरी बिर्सनु होलानी आमा
तो तल्तिर दिदीको ज्यान गएको कुरा
पल्लो घरको साइलो एक्लो भयको कुरा
यी सबै कुरा भन्दिनु
अनि मनमा मनमिल्ने
समाज परिवर्तन गर्न सक्ने
हाम्रो मर्म बुज्ने
नारीलाई सम्मान गर्ने
दलितका कुरा बुज्ने
यी सबै कुरा हेरेर
भोट दिनु …….आमा …