चुनाव हारेका महतलाई देउवाले दिए अर्को उपहार - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

चुनाव हारेका महतलाई देउवाले दिए अर्को उपहार



काठमाडौं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसमा अर्को महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् ।

महत ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार-प्रसार समिति’को संयोजकमा मनोनित भएका छन् ।

महतलाई पार्टीका सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम संयोजकमा मनोनयन गरिएको कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

चुनाव हारेका महतले कांग्रेसमा महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । उनी अहिले पनि समानुपातिकको बन्दसूचीमा परेका छन् । चुनाव हारेका नेतालाई छानीछानी जिम्मेवारी दिएको भन्दै सभापति देउवाको आलोचना हुने गरेको छ ।