चुनाब हारेपछि कांग्रेसभित्र मच्चियो बबाल, अन्तरघात गरेको भन्दै कोलोमोसो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चुनाब हारेपछि कांग्रेसभित्र मच्चियो बबाल, अन्तरघात गरेको भन्दै कोलोमोसो



नेपालगन्ज २१ असार ।

स्थानीय चुनाबमा अन्तघात गरेको भन्दै बाँकेको कोहलपुरमा कांग्रेसका नेता कार्यकर्ताहरुले बबाल मच्याएका छन् । पार्टीका उम्मेदवारमाथि अन्तरघात गरेको आरोपमा कांग्रेसका युवा नेता युवराज पौडेलमाथि कोहलपुरमा दुब्र्यवहार भएको हो । उनी कांग्रेस साविकको रझेना गाविस इकाईका पूर्व सभापति हुन् ।
कोहलपुर नगरपालिकामा कांग्रेस हारेपछि अन्तरघातको गरेको भन्दै कोहलपुर कांग्रेसमा भाँडभैलो माचिचएको छ । कांग्रेसका नेता कार्याकर्ताहरु आफूआफूबीच नै आक्रमणमा उत्रिएका छन् ।

बुधबार दिउँसो कांग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वको एक समूहले पौडेलमाति दुब्र्यबहार गर्नुका साथै कालोमोसो दलिदिएका छन् । आज दिउँसोमात्र कोहलपुरको मतगणना सकिएको थियो । नेपाली कांग्रेसका मेयरका प्रत्यासी भानुभक्त भट्टराई पराजित भएको कारण देखाउँदै पुडासैनीको समूहले पौडेलको घरमै गएर पौडेललाई कालोमोसो दलिलिएका हुन् ।
कोहलपुरमा एमालेले जितेको छ । कांग्रेसका उम्मेदवार भट्टराई झिनो मतले पराजित भएका हुन् । विजयी एमालेका लुटबहादुर रावतले ९ हजार ७ मत पाउँदा भट्टराईले ८ हजार ९ सय २४ मत ल्याएका छन् । जम्मा ८३ मतको अन्तरले एमाले मेयरमा बिजयी भएको हो ।
उपमेयर भने कांग्रेसले जितेको छ । कांग्रेसकी सञ्जुकुमारी थारु १० हजार ५३ मतका साथ विजयी हुँदा एमालेकी कृष्णा थारुले जम्मा ९ हजार ३ सय ७९ मत पाएकी छिन् ।Bigulnews