चुनावको बेला चार–चार दिन विद्यालय बन्द - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चुनावको बेला चार–चार दिन विद्यालय बन्द



काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्।

निर्वाचन आयोगले गृह मन्त्रालयलाई गरेको सिफारिस अनुसार पहिलो र दोस्रो चरणका निर्वाचनका क्रममा सम्बद्ध क्षेत्रका  विद्यार्थीलाई चार दिन बिदा दिइनेछ।

पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ देखि १० सम्म र दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा मंसिर १८ देखि २१ सम्म बिदा हुनेछ।

विद्यालयमै मतदान केन्द्र हुने र शिक्षकलाई तयारीमा खटाइने भएकाले पठनपाठन प्रभावित हुने भएको हो।

निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभएकाले विद्यालय र शिक्षकलाई प्रयोग  गर्नु परेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताए। (कान्तिपुर दैनिक)