चुनावमा हराएछ मेरो राष्ट्रिय झण्डा संगै राष्ट्रियता पनि - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चुनावमा हराएछ मेरो राष्ट्रिय झण्डा संगै राष्ट्रियता पनि



बाबु रोका मगर

कोही काङ्ग्रेस कोही मसाल,माओवादी,माले,एमाले देखेन मैले कोही यहाँ सच्चा नेपाली भो म त भोट दिन्न यस्पाली भोट म त्यति बेला दिनेछु जब सबै हुनेछन निस्स्वार्थ नेपाली।

सायद धेरै वर्ष पछि देशमा चुनाव हुने माहोल भएपछि सबै आ आफ्नो पार्टी र पार्टी कार्यकर्ताहरू मस्त व्यस्त देखिएका छन् कोही गिलास भनेका छन् कोही हसिया हथौड़ा कोही रुख सूर्य बोकेर दौडमा सहभागी कास यो दौडमा कुनै न कुनै पार्टीको झन्डा सँगै मेरो राष्ट्रिय झन्डा ले पनि स्थान पाएकोभए मलाइ लाग्थ्यो हो साँच्चै हामी खाँट्टी नेपाली रहेछौ । यो चुनावको माहोलमा जो देखियो त्यस्ले हरेक नेपालीहरूलाई एकतामा नभै अनेकतामा बाँड्दै छ जसले गर्द देशमा झन् ठुलो समस्याको जन्म हुने अडकल सच्चा देशप्रेमिहरुले गरिसकेका छन् ।

वास्तवमा हरेक युवाहरू पैसाको लालचमा आएर नराम्रोलाइ राम्रो र राम्रोलाइ नराम्रो बनाउन ती देशका दलालहरुलाई साथ दिएर ठुलो भुल गरेका छन् देशलाई अझै हजारौँ वर्ष पछाडि धकलदै आफ्ना सन्ततिहरुको भविष्य र पहिचान मेटाउदै छन्। जता हेरेपनी पार्टीकै झन्डा अनि पार्टीकै गुणगान आज बल्ल थाहा लाग्यो वास्तवमा राष्ट्र र राष्ट्रियताको चिन्ता नभएर केवल पार्टीको चिन्तामा डुबेकाहरु देश विकासमा उम्मेदवारी दिएका रहेछन् हुन त अझै नतिजा हेर्नै बाँकी छ।

कति युवाहरूलाई रक्सी अनि मासु चिउरामा खरिद गरिसके ? आम जनताहरुलाई अबगत भएकै कुरा हो देश हाँक्ने को हुन त ? उनै पंचायतीकाल का नेता देशमा बदलाव के होला ? मान्छे पुराना सोच पुराना भ्रष्ट्रचार गर्ने तरिका बदलिन सक्छ ठगि गर्ने तरिका बदलिन सक्छ तर अझै पनि यी देशका दलालहरुलाई नेपाली जनतालॆ साथ दिँदै गयौँ भने देशको व्यवस्था बदलिने छैन । देश निर्माण को लागि युवा सहभागिताको आवश्यक छ युवाहरुमा देशभक्ति भावना जन्मनु पर्दछ तर त्यस्तो माहोल अहिलेको समयमा देख्न पाइएको छैन । हो चुनाव हुनु आवश्यक हो तर जानीबुझी त्यस्तै व्यक्तिलाई जिताएर फेरी आफू किन पछुताउने त्यसैले समयमा बुद्धि लगाएर काम गरेमा सबैलाई राम्रो हुनेछ ।