चुनावमा जनता जीताउन पशुपति शर्मा र मञ्जु पौडेल घरदैलोमा (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चुनावमा जनता जीताउन पशुपति शर्मा र मञ्जु पौडेल घरदैलोमा (भिडियो सहित)



हिमाल पोस्ट /कात्तिक ३० 

चुनाव आएसङै धेरै कलाकार विभिन्न पार्टीका गीत गाउँदै हिंडे, पार्टीको झोला बोकेर हिंडे, नेताको अगाडी पछाडि गरे तर, पशुपति शर्मा र मञ्जु पौडेल भने यो चुनावमा जनचेतना जगाउन, नेता र पार्टीलाई भन्दापनि जनतालाई जिताउन घरदैलो गरेका छन् ।

चेतनामुलक गीतमार्फत उनीहरू जनता जगाउन, राम्रो मान्छेले चुनाव जित्दा देशले जित्ने सन्देश दिन यो अभियानमा होमिएका हुन् । चुनावको मुखैमा निकालिएको यो गीतमा अब नेपालीको जीवन रोएर हैन हाँसेर बित्नुपर्ने र हाँसेर जीवन बित्नलाई जनताले नै जित्नुपर्ने बताइएको छ ।

पशुपति शर्माको सब्दसंगीतमा तयार पारिएको उक्त गीतमा पशुपति शर्मा र मञ्जु पौडेलले स्वरबद्व गरेका छन् भने दुर्गा पौडेलले निर्देशन  गरेको भिडियोको छायांकन  गरेका छन्, बिएमएस फिल्म्सले बजारीकरण गरेको यो गीतमा गायक गायिका स्वयम्ले अभिनय पनि गरेका छन् ।