चुनावमा राजपाको सहभागितालाई लिएर अनिल झाले गरे सनसनी पूर्ण खुलाशा, देउवालाई पर्ने भो आपत ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चुनावमा राजपाको सहभागितालाई लिएर अनिल झाले गरे सनसनी पूर्ण खुलाशा, देउवालाई पर्ने भो आपत !



गौशाला, १ असार ।

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका एक अध्यक्ष अनिल झाले नेपालको संविधान मधेसमैत्री नहुन्जेलसम्म राजपा नेपाल स्थानीय चुनावमा नजाने बताउनुभएको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बुधबार साँझ पत्रकारसम्मेलन गर्नुहुँदै अध्यक्ष झाले सरकार तथा सत्तापक्षले संविधान संशोधन गरेर मधेस र मधेसीलाई उनीहरुको हकअधिकारको ग्यारेन्टी नगरेसम्म मधेसमा कुनै पनि चुनाव नहुने बताउनुभयो ।

उहाँले सरकारले मधेसको एजेन्डा सम्बोधन गरेर जनसङ्ख्याका आधारमा गाउँपालिका, जनप्रतिनिधि, बजेट लगायतका व्यवस्था सुचिश्चित नगरेसम्म मधेसमा कुनै पनि चुनाव नहुने र गर्न नदिने ठोकुवा गर्नुभयो ।

अध्यक्ष झाले मधेस आन्दोलनका क्रममा मधेसमा मारिएकालाई सहिद घोषणा, क्षतिपूर्ति, घाइतेको उपचार खर्च, झुठा मुद्दा फिर्ता, बन्दीलाई रिहा नगरेसम्म कुनै पनि मधेसी चुनावमा नजाने र मधेसमा चुनाव हुन नदिने बताउनुभयोे । उहाँले राजपा चुनाव विरोधी नभएको तर चुनाव गराउन सरकारले मधेसमैत्री संविधान बनाउनुको विकल्प नरहेको प्रस्ट्याउनुभयो । रासस