चुनाव सार्दा के होला : प्रधानमन्त्री - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चुनाव सार्दा के होला : प्रधानमन्त्री



काठमाडौ, ३१ जेठ । राष्ट्रिय जनता पार्टीद्वारा सिर्जित हिंसाको चपेटामा तराईका अधिकांश भाग परेपछि परिस्थितिको आकलन गर्न बसेको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षका शीर्ष नेताहरूको बैठकले स्थितिप्रति चिन्ता व्यक्त गर्दै निर्वाचनमा सहभागी हुन फेरि एकपटक आग्रह गरेको छ ।

तर, राजपाले चाहेअनुसार प्रदेश नम्बर २ र ५ को दोस्रो चरणको निर्वाचन नसार्न प्रमुख प्रतिपक्षी नेता एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा चेतावनी दिनुभएको छ। सत्तारूढ दल र प्रमुख प्रतिपक्षले बहिष्कारको घोषणा गरेको राष्ट्रिय जनता पार्टीसँग बुधबार निर्णायक वार्ता गर्ने निर्णय पनि गरेका छन् ।

छलफलका क्रममा राजपाको आन्दोलनका कारण चुनौती देखिएको उल्लेख गर्दै प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ को चुनाव सार्दा के हुन्छ भनी प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र प्रतिपक्षका नेतासँग सुझाव मागेको स्रोतले उल्लेख गरेको छ ।

राजपाको मागका विषयमा निर्णायक छलफल गर्न बुधबार सत्तारुढ, प्रतिपक्ष र राजपाबीच बैठक बस्ने र संविधान संशोधन, स्थानीय तहको संख्या थप र चुनाव सार्ने माग बाहेकका अन्य विषयमा सरकार लचक हुनेगरी छलफल गरिने स्रोतले उल्लेख गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।