चुनाव सर्ने डरले प्रचण्ड र ओली पुगे देउवा दरवारमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चुनाव सर्ने डरले प्रचण्ड र ओली पुगे देउवा दरवारमा



काठमाडौं ।

 चुनाव सर्ने डरले माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री निवासमा पुगेर चुनाव नसार्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नसर्ने स्पष्ट पार्दै ढुक्क हुन प्रचण्ड र ओलीलाइ आग्रह पनि गरेका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने विश्वास दिलाएका थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार भएको भेटघाटमा प्रधानमन्त्रीले कुनै पनि हालतमा चुनाव नसर्ने स्पष्ट पार्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले आचारसंहिताको पूर्ण पालना गर्न पनि सरकार तयार रहेको धारणा राखेको एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले जानकारी दिए ।