चुनाव सार्ने सरकारको मनसाय छैन :उपप्रधानमन्त्री थापा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चुनाव सार्ने सरकारको मनसाय छैन :उपप्रधानमन्त्री थापा



काठमाडौं /कार्तिक १ 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनाव सार्ने सरकारको मनसाय नरहेको दाबी गरेका छन्। उपप्रधान तथा उर्जामन्त्रीको पदभार ग्रहण गर्दै थापाले चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमा गएको बताए ।

प्रमुख सत्ता साझेदारले विपक्षीसँग गठबन्धन गरेर चुनाव नहुने खतरा बढेपछि खतरा टार्नका लागि सरकारमा सहभागी भएको थापाको भनाइ थियो ।

थापाले आफू प्रधानमन्त्रीसँग लगातार संवादमा रहेको र त्यसक्रममा पनि प्रधानमन्त्री चुनाव सार्ने पक्षमा नरहेको पाएको बताए । चुनाव सार्न लागिएको भन्ने हल्ला निराधार रहेको पनि थापाको दावि थियो ।