पाँच लाख कर्मचारी, सुरक्षाकर्मी मतदानबाट वञ्चित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पाँच लाख कर्मचारी, सुरक्षाकर्मी मतदानबाट वञ्चित



काठमाडौं, कात्तिक १२ ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्बाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट बञ्चित हुने भएका छन् ।

निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, म्यादी प्रहरीको अस्थायी मतदाता नामावलीको व्यवस्था नभएकाले उनीहरुले समानुपतिक निर्बाचनमा समेत मतदान गर्न पाउने छैनन् ।

निर्बाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मीका लागि अस्थायी मतदाता नामावलीको व्यवस्था गर्ने, नगर्नेबारे अन्तिम निर्णय भने गरिसकेको छैन्

प्रदेश र प्रतिनिधीसभाको मतपत्र एउटै भएका कारण अस्थायी मतदाता नामावलीको व्यवस्था गर्न सम्भव नभएको आयोगका एक आयुक्तले जानकारी दिए । उनका अनुसार फरक फरक प्रदेशबाट मतदान गर्नुपर्ने अवस्थामा प्रदेश सभाको समानुपातिकको मतमा समस्या हुन्छ । -नयाँ पत्रिका दैनिकबाट