नेवीसंघ समर्थीत गुल्मीका विद्यार्थीहरू चुनावी अभियानमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेवीसंघ समर्थीत गुल्मीका विद्यार्थीहरू चुनावी अभियानमा



हिमल पोष्ट ,बैशाख ११ /काठमाडौँ

राजधानीका विभिन्न क्याम्पसहरुमा   अध्ययन गर्ने नेपाल विद्यार्थी सङ्घ (नेवीसंघ) समर्थीत गुल्मीका विद्यार्थीहरू चुनावी अभियानमा होमीएका छन् ।

नेवीसंघले शनिवार राजधानीमा एक कार्यक्रम गरी आगामी ३१ गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलार्इ विजयी गराउनका लागि राजधानीबाट सबै विद्यार्थीलार्इ जिल्ला जान आग्रह गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि मोहन ज्ञवालीले दुई दशक पछि हुन लागेको स्थानीय निर्वाचनमा काँग्रेसको लागि जीवन मरणको विषय भएकोले सम्पूर्ण विद्यार्थीलाई जिल्ला फर्कन आग्रह गरेका हुन् ।

कार्यक्रममा नेता ज्ञवालीले प्राप्त उपलब्धिलाई संरक्षण गर्दै गाँउ नगरको विकासका लागि नेपाली काँग्रेसलाई विजय बनाउन विशेष आग्रह गरेका छन् । विद्यार्थी भनेको परिवर्तनको सम्बाहक हो कम्युनिस्टका भ्रम चिर्न विद्यार्थीले मात्र सक्ने भएकोले सबै कुरालाई थाँती राखेर गाँउ फर्किन जोड दिएका हुन् ।

नेवीसंघ गुल्मीका पूर्व सभापति महेन्द्र पाण्डेयले टुक्के राष्ट्रवादलाई निर्वाचनको माध्यमबाट पराजित गराउन सबै प्रजातन्त्रवादी आफ्नो गाँउ नगरमा जानु पर्ने बताए । उनले भने एमालेले आफ्नो पराजयलाई स्वीकार गर्दै माओवादीसँग लगन गाँठो कसेको छ । सामाजिक सञ्जालमा नेपाली काँग्रेसलाई तथानाम आरोप लगाउने प्रति इंकित गर्दै पूर्व सभापति पाण्डेयले सिसाको घरमा ढुङ्गा हान्दा र आकाश तिर फर्किएर थुक्दा पुग्ने क्षतिको पूर्वानुमान गर्न चेतावनी दिएका थिए ।

त्यसै गरी नेवीसंघ केन्द्री सदस्य प्रदिप भट्टरार्इले २०६४ सालमा क्रान्ति नायक गिरिजा प्रसाद कोइरालाले काँग्रेसले चुनाव हार्दा देशले जीत्छ भने त्यसको प्रवाह नभएको बताएको स्मरण गर्दै भने, ‘काँग्रेस नेतृत्वमा बनेको संविधान कार्यान्वयनकाे समयमा स्थानीय निर्वाचन महत्त्वपूर्ण छ ।’ उनले यस निर्वाचनमा पनि काँग्रेसले हार्दा देश जीत्छ भने त्यसलार्इ सामान्य रूपमा लिनुपर्ने बताए ।
नेवीसंघका नेता टिका भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस गुल्मी काठमाण्डौं सम्पर्क समितिका पूर्व अध्यक्ष कृष्णप्रसाद सापकोटाले हामी आफूभित्रका कमिकमजोरी र तिक्ततालाई थाँती राख्दै एकमात्र नारा काँग्रेस जिताउ अभियानमा लाग्नुपर्ने कुरामा जोड दिए । प्राध्यापक माधव न्यौपानेले मेरो उम्मेदवार नभएर हाम्रो भन्ने भावनाकासाथ एक बनेर गयौँ भने गुल्मीमा यो निर्वाचनमा एमाले बढारिने बताएका हुन् ।

तरुण दलका पूर्व जिल्ला अध्यक्ष खगिश्वर सापकोटा, पत्रकार भगवत भट्टराई, मौसम भण्डारी, दिवसन अधिकारी, नेवीसंघ गुल्मीका सदस्य सिजा राना, अमृत ज्ञवाली, तुल्सी पराजुलीलगायतका नेताहरूले काँग्रेसलाई जिताउन अभियानका रूपमा गुल्मी जाने वातावरण बनाउन आग्रह गरेका थिए ।