यस्तो छ पत्रकार महासंघ रुपन्देहीको चुनावी सरगम को केमा उठेका छन् त ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

यस्तो छ पत्रकार महासंघ रुपन्देहीको चुनावी सरगम को केमा उठेका छन् त ?



हिमाल पोस्ट /बुटवल 

नेपाल पत्रकार महासंघ रुपन्देहीको दशौं अधिवेशन तथा साधारण सभा आज हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयनकालागि पत्रकारहरु दुई प्यानलबाट विभाजित भएर प्रचार प्रसारलाई तिब्र बनाएका छन् । नेपाल प्रेस युनियन, नेपाल प्रेस सोशाईटी, संघीय पत्रकार परिषदको एलाईन्समा प्यानल निर्माण भएको छ । यो प्यानलबाट अध्यक्ष पदमा खिमानन्द भट्टराई, उपाध्यक्षमा हरिष ढकाल, महिला उपाध्यक्षमा रेखा भुसाल, सचिवमा भवानीप्रसाद पाण्डे, सहसचिवमा रमेश पोखरेल, समावेशी सहसचिवमा सुमन रस्मी श्रेष्ठ र कोषाध्यक्षमा सिपि खनाल रहनु भएको छ ।

त्यस्तै आठ खुला सदस्यमा सञ्जु पौडेल, प्रविण गाहा, राजेन्द्रजंग रायमाझी, झबिन्द्र देवकोटा, थानेश्वर घिमिरे (नविन), माधव न्यौपाने, सुदिप भण्डारी, पुनहरि वेलवासे तथा पाँच आरक्षरण पद तर्फ जनजातीबाट सोनु थापा, महिलाबाट कल्पना तिवारी, अल्पसंख्यकबाट सल्मान खान, दलितबाट फुलमायाँ सुनार र मधेशीबाट राधेश्याम विश्वकर्मालाई अँगाडी सारिएको छ । त्यस्तै प्रेस चौतारी, प्रेस सेन्टर लगायतका संगठनको प्यानलबाट सेन्टरका यानेन्द्र जिसीलाई अध्यक्षमा अगाडी सारिएको छ ।

उक्त प्यानलबाट उपाध्यक्षमा दिनेश पाण्डे, महिला उपाध्यक्षमा निरु गौतम, सचिवमा आरपी आचार्य, सहसचिवमा कमल रायमाझी र समावेशी सहसचिवमा बिनोद परियार र कोषाध्यक्षमा स्वस्तिक श्रेष्ठलाई अगाडी सारेको छ । त्यस्तै सदस्यहरुमा बिकास पराजुली, प्रकाश आचार्य, ईन्द्रा खनाल, मायाँ केसी, बिरेन्द्र कुवँर, कपिल अधिकारी, प्रकाश डुम्रे, बिरेन्द्र मिश्र, बिन्दु थापा, सञ्जय विश्वकर्मा, भुवन पाण्डे र हिक्मत चौधरीलाई अगाडी सारेको बताईएको छ ।

यद्यपी दुबै प्यानलले आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् । नेपाल प्रेस युनियन सहितको प्यानलले सोमबार उमेद्वारको घोषणा गरि आफ्ना उमेद्वारलाई जिताउनकालागि जस्तोसुकै कुरवानी दिन तयार रहेको अग्रजहरुले बताए । यद्यपी नेपाल पत्रकार महासंघ रुपन्देहीमा सदस्यता विवाद भने कायम छ । नेपाल प्रेस युनियन, प्रेस सोसाईटि, प्रगतिशिल पत्रकार संघ, लगायतका पत्रकार सम्वद्ध संस्थाले सदस्यता विवाद कायम रहिरहँदा सम्म अधिवेशन हुन नसक्ने भन्दै ज्ञापन पत्र दिएका थिए । नेपाल पत्रकार महासंघले भने त्यसतर्फ खासै चासो नदिएकाले अव कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भईरहेको स्रोतले बतायो ।