गठबन्धन भत्काएर चुनावमा जाने देउवाको तयारी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

गठबन्धन भत्काएर चुनावमा जाने देउवाको तयारी



काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा आउनेमा ढुक्क भएका छन् । देशभरको काँग्रेस महाधिवेशन प्रतिनिधिको आँकडा समेत बालुवाटारमा पुगिसकेको छ । त्यसबाट देउवा उत्साही भएका छन् ।

काँग्रेसभित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पावर सेयरिङ गर्ने र उनीसँग रणनीतिक चार्तुयतालाई निरन्तरता दिदै सभापति जित्ने देउवाको दाउ देखिन्छ । पार्टीभित्र पकड कायमै राखेको रिपोर्टका आधारमा उनले बालुवाटारमा सभापति फेरि उठ्ने उद्घोष गरे ।

देउवाले सत्ता गठबन्धन लामो समय नजाने संकेत पनि गरेका छन् । उनले गठबन्धन दलहरुबीच चुनावी समिकरणबारे पनि महत्वपूर्ण कुरा गर्दै आगामी स्थानीय र आमनिर्वाचनसम्म त्यो यथावत् नरहने स्पष्ट पारेका छन् ।

काँग्रेसभित्र पकड बलियो बनाएलगत्तै देउवाको पछिल्लो अभिव्यक्ति आएको छ । यसबाट उनले भन्दै आएको अर्ली इलेक्शनको पनि संकेत गरेका छन् ।

२८ मंसिरमा अमेरिकी सहयोगसम्बन्धी एमसीसी प्रतिनिधि सभामा टेबुल हुँदैछ । यसबारे गठबन्धन दलभित्रै मतभिन्नता छ । एमसीसी पारित गर्ने या नगर्ने विषयले टकराव हुँदा गठबन्धन टुट्ने सम्भावना पनि छ । योसँगै देउवाले देशलाई फेरि चुनावमा लाने सम्भावना बढेर गएको छ ।