चर्च ब्वाईज क्लब काठमाडौँ विजयी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

चर्च ब्वाईज क्लब काठमाडौँ विजयी



ओम प्रकाश बानियाँ/ बराहक्षेत्र ५

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित भरोल गोल्ड कप अन्तर्गतको तेस्रो क्वाटर फाईनल खेलमा चर्च ब्याइज क्लब काठमाडौँ विजयी भएको छ ।
मोरङ युनाइटेड क्लब मोरङ र चर्च ब्वाईज क्लब काठमाडौँ बिच भएको खेलमा चर्च ब्याइज क्लब काठमाडौँ विजय भएको हो । निकै रोमाञ्चक उक्त खेलमा चर्च ब्याइज क्लबले मोरङ युनाइटेड क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चर्च ब्याइजको जितमा दोस्रो हाफको ३ र १८औ मिनेटमा जर्सी न: १८ का दिपेश श्रेष्ठले २ गोल गरेका थिए । २ गोलले पछि परेपरेको मोरङले खेलमा फर्कन निकै कोसिस गरेको थियो ।

उक्त खेलको म्यान अफ द म्याच चर्च ब्याइज क्लबका जर्सी न:१८ का दिपेश श्रेष्ठ घोषित भएका थिए । उनले मितेरी डेभलपमेन्ट बैङ्क, कालाबन्जारका म्यानेजर ऋषिराज पराजुलीको हातबाट नगद रु पाँच हजार प्राप्त गरेका छन् ।

चौथो क्वाटर फाईनल खेल झापा युनाइटेड क्लब झापा र कंचनजङा क्लब भारत बिच हुनेछ।