चीनमा फेरि बेहाल: सयौँको संख्यामा संक्रमित भेटिए, पुन लकडाउन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चीनमा फेरि बेहाल: सयौँको संख्यामा संक्रमित भेटिए, पुन लकडाउन



एजेन्स- कोरोनाभाइरस संक्रमणको नयाँ श्रृखंलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसंख्या रहेको क्षेत्र आङसिन काउन्टीमा पुन लकडाउन लागू गरिएको छ ।

लकडाउन लागू भएसंगै अव उक्त क्षेत्रमा परिवारका एक सदस्यलाई मात्र दिनमा एक पटक खाद्यान्न तथा औषधिजन्य र अतिआवश्यक वस्तु किन्न बाहिर निस्कने अनुमति दिईएको छ ।

चीनले पहिलो चरणमा कोभिड–१९ संक्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै सक्रमण फैलिएको आशंकामा बेइजिङ् नजिकैको सिनफादी क्षेत्रका बस्तीहरूलाई बन्द गरी सक्रमण परीक्षण गरेको थियो ।

चीनको राजधानी बेइजिङ र छिमेकी हुबेई प्रान्तमा पछिल्लो समय पुन संक्रमण देखिन थालेपछि सरकारले स्थानीय वस्तीहरूलाई अन्य क्षेत्रसँगको सम्पर्कवाट पनि बन्द गरेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार बेइजिङबाट करिब १ सय ५० किलोमिटर टाढा अवस्थित आङसिन काउन्टीमा सयौँको संख्यामा संक्रमित भेटिएपछि त्यस क्षेत्रलाई पूर्ण बन्द गरी संक्रमण फैलिन नदिने प्रयास गरेको छ ।

बेइजिङमा विगत २४ घण्टामा थप १४ व्यक्तिमा कोरोना सक्रमण पुष्टि भएपछि उक्त कदम चालिएको हो । राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो ।