उपेन्द्र यादवलाई झट्का- सीके राउतले थाले 'मिसन बारा–२' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

उपेन्द्र यादवलाई झट्का- सीके राउतले थाले ‘मिसन बारा–२’



काठमाडौं- जनमत पार्टीले बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको तयारी थालेको छ ।

पार्टीका अध्यक्ष डा. सीके राउतले आज वीरगञ्जस्थित गढीमाईको दर्शनपछि ‘मिसन बारा–२’ को शुभारम्भ गरेका हुन् ।

उनले समाजिक सञ्जालमार्फत बारा क्षेत्र नम्बर–२ मा बाहिरी अर्थात् फिरंगी उमेदवारको सम्भावना नरहेको भन्दै आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने तयारीमा छन् । जसपाले गठबन्धनले उक्त क्षेत्रमा आफ्नो उमेदवारलाई सघाउनुपर्ने दाबी थालेको छ । गठबन्धनमै रहेको दल जनमतले त्यहाँ आफ्ना उमेदवार उठाउने गरी तयारी थालेको हो ।