राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ



रुपन्देही, बैशाख ४

राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ परेका छन् । रुपन्देहीको मर्चवारमा उनी सहित समर्थकले फागुन पहिलो साता प्रहरी चौकीमा आक्रमण गरेर हतियार लुटेको आरोपमा उनको खोजी जारी थियो ।  यसअघि माघ २० मा उनी जनकपुरमा पक्राउ परेका थिए । तारिखमा छुटेका राउत फेरी पक्राउ परेका हुन् ।

त्यसअघि पनि उनी मुलुकलाई बिखण्डन गर्ने अभिब्यक्ति दिएको भन्दै पटक पटक पक्राउ पर्ने र छाड्ने काम हुँदै आएको छ ।

सिरहाबाट आएका राउतलाई हेटौडाको मनौरीबाट चैत ३१ गते बुटवल प्रहरीले पक्राउ गरेको बताइएको छ । इप्रका बुटवलका प्रमुख डिएसपी मुकुन्द मरासिनीको टोलीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनलाई गुपचुप इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको थियो ।

आवश्यक छानविनपछि पक्राउ परेका राउतलाई आइतवार जिल्ला प्रहरी कार्यालय रुपन्देही पुर्याइएको डिएसपी मरासिनीले बताए । उनको मुद्दा प्रक्रिया र थप अनुसन्धान जिल्ला प्रहरी रुपन्देहीले गर्ने छ । कान्तिपुर दैनिकमा खबर छ ।