सिके राउतले सन्न्यास लिए, फेरियो नाम - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सिके राउतले सन्न्यास लिए, फेरियो नाम



काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सन्न्यास लिएका छन् । काठमाडौंमा रहेको ओशो तपोवन आश्रममा दश दिन बिताएका राउतले त्यसपछि सन्न्यास लिएका हुन् ।

तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणले राउतलाई सन्न्यास दिलाएका हुन् । राउतले नयाँ नामसमेत पाएका छन् । ‘आनन्द मैत्रय’ उनको नयाँ नाम भएको छ । ओशो सन्न्यासीहरूले आफ्नो अलग्गै नाम राख्ने गरेका छन् । साथै, पुरुषहरूले नामको अगाडि ‘स्वामी’ तथा महिलाले ‘मा’ लेख्ने गरेका छन् । ओशो परिवारभित्र बोलाउँदा समेत स्वामी र मा भनेर सम्बोधन गर्ने गरिन्छ ।

सन्न्यास ग्रहण गर्नुअघि राउत नौदिने ध्यान शिविरमा सहभागी भएका थिए । शिविरपछि स्वामी अरुणले राउतलाई ओशोको तस्बिर अंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गरे ।