कक्षा ११ को परीक्षाफल सार्बजनिक : ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कक्षा ११ को परीक्षाफल सार्बजनिक : ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण



हिमाल पोष्ट / मङ्सिर ३० ,  काठमाडौं । कक्षा एघारको परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको छ । र, नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए ।

यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।