'क्लिन द सिटी अभियान': ब्रुमर लगाउँदै महानगरपालिका - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

‘क्लिन द सिटी अभियान’: ब्रुमर लगाउँदै महानगरपालिका



काठमाडौं-

काठमाडौं महानगरपालिकाले राजधानीको मुख्य सडक सफा राख्न ब्रुमर लगाउने भएको छ ।

पहिलो चरणमा टुँडिखेल वरपर त्यसलगत्तै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत स्थानमा ब्रुमर लगाउन लागेको हो ।

राजधानीको सडक धुलाम्य भएको आरोप खेपिरहेको कमपाले पहिला टुँडिखेल क्षेत्रवरपर धुलोमुक्त बनाएर अन्य स्थानमा काम शुरु गर्ने भएको छ ।

महानगरपालिकाले टुँडिखेल सफा भएलगत्तै दरबारमार्ग, त्रिपुरेश्वर, माइतीघर हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने मूल सडक, कमलपोखरी, महाराजगन्ज लगायतका एक दर्जनभन्दा बढी सडकमा ब्रुमर लगाउने भएको छ ।

महानगरको क्लिन द सिटी अभियान अन्तर्गत सडका ब्रुमर लगाउन थालिएको हो । आजकोनेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।