विप्लवपुत्रको आन्दोलनमा अनेरास्ववियुको साथ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विप्लवपुत्रको आन्दोलनमा अनेरास्ववियुको साथ



काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले केही दिन पहिलेदेखि जारी निर्धा्रित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध विद्याथीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा आन्दोलन गरिरहेको छ ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरद्वारा जारी प्रेस विज्ञप्तिमा विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा कुनै पनि किसिमको धरपकड नगर्न र शुल्कको कडाइका साथ कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरिएको छ ।

चिकित्सा शिक्षामा देखिएको विकृति हल गर्न सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग बनाएकाले सिट सङ्ख्या वैज्ञानिक तथा व्यवस्थित ढङ्गले लागु गर्नुपर्ने र चिकित्सा ऐनमा भएको ७५ प्रतिशत छात्रवृत्तिलाई कार्यन्वयन गर्नुपर्ने उल्लेख छ ।

विज्ञप्तिमा विदेशी विद्यार्थीका हकमा पनि प्रवेश परीक्षा अनिवार्य गर्नाका साथै सबै कलेजमा एउटै प्रवेशिका परीक्षा लागु गरी पारदर्शिता कायम गर्न पनि सरकारसमक्ष माग गरिएको छ ।

सङ्गठनले गरीब जनताका छोराछोरीले समेत शिक्षा पाउन तथा मेडिकल, इञ्जिनीयरिङ, कृषिलगायत विषयमा निजी क्षेत्रको लगानी पूर्णतः बन्द गर्न आग्रह गरेको छ ।

यो आन्दोलनका नेतृत्वकर्ता नेकपाका महासचिव विप्लवका छोरा प्रकाश चन्द सहित १७ जनालाई प्रहरीले गत साता पक्राउ गरेको थियो ।