फाष्टफुडमा साङ्लाको परिकार खान्छन चिनियाहरू - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

फाष्टफुडमा साङ्लाको परिकार खान्छन चिनियाहरू



मानिसहरु खानामा स्वादिष्ट खानेकुरा खान रुचाउँछन् । पछिल्लो समय मानिसहरु फाष्ट फुडका लागि अस्वस्थकर खाना खान थालेको र यसकारण मानिसहरुको स्वास्थ्यमा समस्या आउने गरेको पनि समाचार पनि सार्वजनिक हुँदै आएका छन् । तर, सायदै कसैले फाष्टफुडका लागि किरा खान रुचाउलान् ।

तर, पछिल्ला केही वर्षयता चीनमा फाष्टफुडमा साङ्लाको परिकार खाने परम्परा भने विकसित हुँदै आएको छ । चीनका रेष्टुरेन्टहरुमा साङ्लोको परिकारका लागि बेग्लै मेन्यु समेत राख्न थालिएको छ । साङ्लोमा प्रोटिन र अन्य पोषक तत्व हुने भएकाले यसको परिकार स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको चिनियाँहरुको विश्वास छ ।

यससँगै चीनमा साङ्लो पाल्ने व्यवसाय पनि फष्टाएको छ । साङ्लोले शहरका फोहोरहरु खाइदिने भएकाले चिनियाँहरु साङ्लो पाल्न आकर्षित भएको चिनियाँ सञ्चारमाध्यमहरु बताउँछन् ।

साङ्लोबाट चीनमा सौन्दर्यका सामान, परम्परागत औषधी समेत बनाउन प्रयोग गरिन्छ । यसैकारण परम्परागत औषधी बनाउने कम्पनीले समेत ठूलो स्तरमा साङ्लो पाल्न थालेका छन् ।