नेपालको ओस्कार कलेज आफ फिल्म स्टडिज र सिंगापुरको इनफिनिट स्टुडियोबीच सहकार्य - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

नेपालको ओस्कार कलेज आफ फिल्म स्टडिज र सिंगापुरको इनफिनिट स्टुडियोबीच सहकार्य



 बैसाख २० काठमाडौं
काठमाडौंको ओस्कार कलेज आफ फिल्म स्टडिज र सिंगापुरको सिंगापुर इनफिनिट स्टुडियोबीच चलचित्र निर्माण, वितरण, प्रदर्शन लगायत विविध विषयमा आपसी सहकार्यको सम्झौता भएको छ ।  मँगलबार ओस्कार कलेजमा आयोजित एक कार्यक्रमबीच स्टुडियो र ओस्कार कलेजबीच आगामी सहकार्यका लागि सम्झौता भयो ।सम्झौतामा कलेजका तर्फबाट सिईओ बिनोद पौडलले र सो स्टुडियोका तर्फबाट अध्यक्ष सुयीमोले हस्ताक्षर गरिन् ।
सिंगापुर इनफिनिट स्टुडियोसँगको सहकार्यले नेपाली चलचित्रलाई अब अन्तराष्ट्रिय बजारमा आधिकारिक रुपमा जाने बाटो खुलेको सो कलेजका सिईओ विनोद पौडेलले बताए । सोही स्टुडियो मार्फत मौलिक नेपाली चलचित्र निर्माणमा लगानी भित्रने विश्वास पनि पौडेलले कार्यक्रममा व्यक्त गरे ।
सो स्टुडियोसँगको सम्झौलाले नेपाली चलचित्र उधोगलाई ठुलो फाईदा पुग्ने भनाई उनको थियो । कलेजको विधाथीहरुलाई छात्राबृत्ति सँगै अन्तराष्ट्रिय चलचित्रमा अबसर दिने सिंगापुर इनफिनिट स्टुडियोको घोषणाले आफु निकै खुसी भएको पनि सिइओ पौडेलले बताए ।
दक्षिण एशियाकै ठुलो मध्यको स्टुडियो सिंगापुर इनफिनिट स्टुडियो रहेको जानकारी गराउँदै चलचित्र निर्माणको सम्पूण सुविधा सो स्टुडियोमा भएको अध्यक्ष सुयीमोले बताईन् । इन्डोनेसियाको एउटा आईल्याण्डलाई सुटिङ स्टुडियो बनाएको उनले जानकारी गराईन् ।
कार्यक्रमबा बोल्दै अध्यक्ष सुयीमोले भनिन्,‘हामी आगामी दिनमा यस ओस्कार कलेजका विधाथीहरुलाई हामीले निर्माण गर्न विभिन्न फिल्म तथा प्रोजेक्टमा सहभागी गराउने छौं । ओस्कार कलेजका तर्फबाट निर्माण हुने फिल्महरुलाई हामी अन्तारष्ट्रिय बजारमा पु¥याउने छौं ।’ उनले आफ्नो स्टुडियो दक्षिण पूर्वी एशियाकै ठुलो फिल्म स्टुडियोको रुपमा बिकसित हुन लागेको जनाईन् ।
सो स्टुडियोका तर्फबाट अध्यक्ष सुयीमोले ओस्कार कलेजका लागि विभिन्न उपकरण पनि हस्तान्तरण गरिन् । उनले सिईओ पौडेललाई सोनीको ए सेभेन फेर के क्यामेर, ६ ओटा प्राईमरी लेन्स, पोर्टेट प्रोजेक्टर सहित विभिन्न उपकरणहरु प्रदान गरेकी हुन् । यस्तै उनले सो कलेजका पाँच विधार्थीलाई चलचित्र अध्ययनका लागि सिंगापुर इनफिनिट स्टुडियोका तर्फबाट छात्रबृत्ति प्रदान गरिन् ।

अध्यक्ष सुयीमोले विधाथीहरुलाई बिएफएस तेस्रो वर्षका लागि जनही ३५ हजार रुपैयाँ छात्रबृत्ति प्रदान गरेकी हुन् । तेस्रो वर्षका विधार्थी इशान भूषाल, अमेश भण्डारी, अँकित पौडेल, रिजन गजुरेल र मार्टिन भण्डारीले आफ्नो प्रोजेक्ट वर्कको आधारमा छात्रबृत्ति पाएका हुन् । ती विधार्थीहरुले तयार गरेको मिजानसिन प्रोजेक्ट वर्क पनि सोही कार्यक्रम प्रदर्शन गरिएको थियो ।