कोरोनाका कारण ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले पनि प्रभावित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कोरोनाका कारण ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले पनि प्रभावित



काठमाडौं- कोरोना सङ्क्रमणका कारण ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले पनि प्रभावित हुने भएको छ ।

चैत १ गते होटल सोल्टी वा आर्मी अफिसर क्लब मध्ये एकमा हुने भनिएको नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले अब आफ्नै स्टुडियोमा हुने भएको छ ।

कोरोना भाइरस संक्रमण फैलिरहेको बेला नेपाल सरकारले कुनै पनि गतिविधि नगर्न आग्रह गरेको भन्दै च्यासलस्थित आफ्नै स्टुडियोमा गर्ने निर्णयगरोएको बताइएको छ ।

ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।

ग्रान्ड फिनालेका प्रमुख अतिथि महजोडी र राजेश हमाल हुनेछन । ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।