कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने:प्रचण्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने:प्रचण्ड



काठमाडौं, असोज २१ । माओवादीका अध्यक्ष प्रचण्डले नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने बताएका छन ।

शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित केन्द्रीय राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भाने, ‘विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । तर, नेपालका कम्युनिष्टहरुलाई जनताको अपार समर्थन र विश्वास छ । त्यो विश्वासलाई मर्न मर्न दिनु हुँदैन ।’

वाम एकता हामी सबैका लागि महान् बहस हो । समाजवादी क्रान्तिका लागि महान् बहसमा जुटौं । फराकिलो छाति बनाएर कम्युनिष्टहरुको एउटै केन्द्र निर्माण गरौं ।

विभिन्न धारामा छरिएर रहेका कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याएर मात्र नेपालमा समाजवादी क्रान्ति गर्न सकिन्छ माओवादी अध्यक्ष प्रचण्डले बताए । हामी अहिले समाजवादी क्रान्तिको तयारीमा लाग्ने वैचारिक प्रतिवद्धतासहित पार्टी एकताको तयारीमा आफूहरु जुटेको उनले बताए ।

‘वाम एकता हामी सबैका लागि महान् बहस हो । समाजवादी क्रान्तिका लागि महान् बहसमा जुटौं,’ प्रचण्डले भने, ‘ फराकिलो छाति बनाएर कम्युनिष्टहरुको एउटै केन्द्र निर्माण गरौं ।’

पार्टी एकता कसैले कसैलाई निल्ने विषय नभएको बताउदै समान उद्धेश्यका लागि वैचारिक एकतासहित नयाँ उचाईमा पुग्ने प्रक्रिया भएको बताए ।

कसैलाई फसाउने हाम्रो सोच छैन र फसिने सवाल पनि होइन । वैचारिक, राजनीतिक मुद्धा र कार्यदिशामा एकरुपता कायम गरेर नयाँ पार्टी निर्माण गर्ने हाम्रो संकल्प हो ।’

‘हाम्रा आ–आफ्नै मान्यता र दृष्टिकोण छन् । त्यसमा अडिएर एकता हुँदैन । एमाले–माओवादी दुवैले महान बहसको प्रक्रियाद्धारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं ।’ प्रचण्डले भने, ‘ हामी आफै पनि रुपान्तरणको प्रक्रियामा छौं । कम्युनिष्ट आन्दोलन र सिङ्गो राष्ट्रलाई रुपान्तरण गरेर मात्र विश्वलाई नयाँ सन्देश दिन सकिन्छ ।’

पार्टी एकताको प्रस्ताब पहिला आफूले नै गरेको बताउदै प्रचण्डले भने, ‘हाम्रै प्रस्तावमा एकता प्रक्रिया आरम्भ भएको हो । यो फस्ने, फसाउने विषय होइन, हामी इमानदार भएर अन्तिमसम्म एकताकै प्रक्रियामा जान्छौं । कसैलाई फसाउने हाम्रो सोच छैन र फसिने सवाल पनि होइन । वैचारिक, राजनीतिक मुद्धा र कार्यदिशामा एकरुपता कायम गरेर नयाँ पार्टी निर्माण गर्ने हाम्रो संकल्प हो ।’

हामी शान्तिपूर्ण र राजनीतिक प्रतिस्पर्धाकै माध्यमबाट समाजवादमा जान्छौं । यसबारे कसैले भ्रम पाल्न जरुरी छैन ।

‘हाम्रो चुनावी समीकरण र पार्टी एकता प्रयास कसैका विरुद्ध छैन, नेपालमा वैचारिक धारामा नजिक रहेका पार्टीहरु मिल्दा नै देश र जनताको हित हुन्छ’, अध्यक्ष प्रचण्डले भने, ‘एमाले–माओवादी एकताले देशमा तत्कालै साम्यवादी शासन आउने होइन र अधिनायकवाद जन्मने पनि ।’

नेपालको संविधानले समाजवाद उन्मूख राज्यको दिशानिर्देश गरेको छ । हामी शान्तिपूर्ण र राजनीतिक प्रतिस्पर्धाकै माध्यमबाट समाजवादमा जान्छौं । यसबारे कसैले भ्रम पाल्न जरुरी नभएको पनि प्रचण्डले बताए ।